१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४३:oo

नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी २४औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविरका साथै देशभर विभिन्न कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सातैवटा प्रदेशमा रक्तदान कार्यक्रम गरिएको छ । जसअन्तर्गत इटहरीमा ५६, वीरगन्जमा ३०, काठमाडौंमा ८२, पोखरामा ६१ र कावासोतीमा ३९ पिन्ट रगत संकलन भएको छ । त्यसैगरी, बुटवलमा ३०, भैरहवामा ३०, नेपालगन्जमा २५, सुर्खेतमा ३१ र टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरिएको पनि कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीले केन्द्रीय कार्यालयमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनी आफ्नो २४औँ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, सेयरधनी, सम्पूर्ण ग्राहक तथा अभिकर्ता, आरोह–अवरोहमा साथ दिने कर्मचारी, नियामक निकायलाई धन्यवाद दिए । साथै, आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाइरहने अपेक्षा रहेको बताए ।