१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २४ बुधबार ११:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिहीबार फिनटेक फेस्टिभल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार ११:३९:oo

बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम हुने भएको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरको फिनटेकको विकास गर्ने उद्देश्यसहित काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा यो फिनटेक महोत्सव गर्न लागिएको हो ।

फेस्टिभललाई निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले विशेष आतिथिका रूपमा सम्बोधन गर्नेछन् । यस्तै, डिबिएस बैंकका चिफ इनोभेसन अफिसर नील क्रस, कोटाक महिन्द्रा बैंकका चिफ डिजिटल अफिसर दीपक शर्मा, दी डिजिटल फिप्थका सिइओ समीरसिंह जैनी र ल्यारा नेटवर्कका सिइओ राजेश देखाईंलगायत बैंकिङ र फिनटेकसम्बन्धी अन्तर्राष्ट्रियस्तरका विज्ञहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यसैगरी नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुखले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, नियामक निकायका प्रतिनिधि, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक क्षेत्रका विज्ञ र अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहने यस कार्यक्रममा नवीनतम प्रविधि र फिनटेक सोलुसनको प्रदर्शनी, उत्पादन प्रदर्शन तथा फिनटेक कम्पनीहरूबिचको सहकार्य सम्झौता हुने बताइएको छ । 

यो कार्यक्रम नेपाल र क्षेत्रीय फिनटेक विकासको दिशामा महत्वपूर्ण कोसेढुंगा साबित हुने बताइएको छ । साथै, डिजिटल वित्तीय भविष्य निर्माणमा ऐतिहासिक योगदान पुर्‍याउने अपेक्षा गरिएको काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले जानकारी दिए ।