
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति बाथरुममा चिप्लिएर सामान्य घाइते भएका छन् । बाथरुममा लडेर घाइते भएका उनको निधारमा चोट लागेको छ ।
बाथरुममा लडेर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो । अस्पतालमा चेकजाँचपछि प्रचण्ड अहिले घर फर्केर नियमित काममा संलग्न भएको गंगा दाहालले जानकारी दिइन् ।