१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २४ बुधबार o७:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टुसालको जितले नयाँबस्तीलाई तनाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार o७:३३:oo

टुसाल युवा क्लबसँगको हारपछि नयाँबस्ती युथ क्लबलाई सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसनको दबाब बढाएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा टुसालले रोमाञ्चक खेलमा २–१ को जित निकाल्यो । टुसालको जितमा दीपेश लिम्बू र विनोद नेम्वाङले गोल गरेका थिए । नयाँबस्तीका लागि श्रीकृष्ण तामाङले एक गोल फर्काए । 

यो हारले नयाँबस्ती रेलिगेसन क्षेत्रमा पुगेको छ । आज नै भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले तीन अंक जोडेपछि नयाँबस्ती थप दबाबमा आएको हो । टुसालको जितसँगै मध्यपुर युथ एसोसिएसन रेलिगेसन क्षेत्रमा झर्‍यो । टुसाल १० खेलमा दुई जित, चार बराबरी र तीन हारसहित १० अंक जोडेर १०औँ स्थानमा उक्लियो । यता हारसँगै नयाँबस्ती समान खेलबाट दुई जित, दुई बराबरी र ६ हारसहित १२औँ स्थानमा झरेको छ । ६ अंक जोडेको सरस्वती पुछारमा छ । लिगमा २३ अंक जोड्दै प्लानिङ ब्वाइज युनाइटेड शीर्ष स्थानमा छ । २१ अंक जोडेको श्री भगवती क्लब दोस्रो स्थानमा छ । 

अर्को खेलमा च्यासल युथ क्लबविरुद्ध रोमाञ्चक जित निकाल्दै रानीपोखरी कर्नर टिम (आरसिटी) रेलिगेसनको खतरा टरेको छ । एन्फा मैदानमा भएको आफ्नो दशौँ खेलमा आरसिटीले च्यासल युवा क्लबलाई ३–२ ले पराजित गर्‍यो । 

आरसिटीका लागि अजित गुरुङ, अभिषेक भोलान र सञ्जय लिम्बूले गोल गरेका थिए । च्यासलका लागि कप्तान अश्विन घोरासैनी र आशिष थारूले गोल फर्काए । लगातार दोस्रो जितसँगै आरसिटी ११ अंकका साथ नवौँ स्थानमा उक्लिएको छ । हारपछि च्यासलले तेस्रो स्थानमा उक्लिने अवसर गुमायो । १४ अंक जोडेको च्यासल छैटौँ स्थानमा छ ।