१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २४ बुधबार o५:५७:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : जुलियो र उनको सपना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार o५:५७:oo

जब जुलियो १० वर्षका थिए, तब उनको एक मात्र सपना थियो– आफ्नो सबैभन्दा प्यारो क्लब रियल मेड्रिडका तर्फबाट फुटबल खेल्नु । उनी दिनभर फुटबल खेल्थे, अभ्यास गर्थे । बिस्तारबिस्तारै उनी एक निकै राम्रा गोलकिपर बने । २० वर्षको हुँदानहुँदै उनको बाल्यकालको सपना साकार बन्यो । उनलाई रियल मेड्रिडका तर्फबाट फुटबल खेल्न सम्झौता गरियो । खेलका धुरन्धरहरू जुलियोबाट निकै प्रभावित थिए र उनी छिट्टै स्पेनका नम्बर १ गोलकिपर बन्ने विश्वास राख्थे । 

सन् १९६३ को एक साँझ जुलियो र उनका साथीहरू भयानक कार दुर्घटनामा परे । र, रियल मेड्रिड र स्पेनका नम्बर १ गोलकिपर बन्ने सम्भावना बोकेका जुलियो अस्तालको शड्ढयामा पुगे । उनको कम्मरमुनिको भाग प्यारालाइज्ड भयो । उनले फुटबल खेल्नु त टाढाको कुरा, उनी हिँड्न या चल्न सक्नेमै पनि डाक्टर स्वयं आश्वस्त थिएनन् । 

लामो उपचारका क्रममा जुलियो निराश भइसकेका थिए । उनी बारम्बार सो घटना सम्झिएर दुःखी बन्थे । आफ्ना पीडा कम गर्न उनले कविता र गीत लेख्न थाले । बिस्तारै उनले गितारका तारमा पनि आफ्ना औँला दौडाउन थाले । आफैँले लेखेका गीत गितारका धुनसँगै गाउन थाले । १८ महिनासम्म ओछ्यानमै सुतेपछि जुलियो आफ्नो जिन्दगीलाई पुनः सामान्य बनाउने कोसिसमा लागे । 

दुर्घटनाको पाँच वर्षपछि उनले एक गायन प्रतियोगितामा भाग लिए र ‘लाइफ गोज अन द सेम’ (जीवन यसैगरी चल्दै जान्छ) भन्ने गीत गाए र उनले प्रथम पुरस्कार जिते । उनले फेरि कहिल्यै फुटबल खेल्न नपाए पनि उनको हातको गितार र ओठको गीतका लागि जुलियो इग्लेसियस संगीतको दुनियाँमा शीर्ष १० भित्रका गायकका रूपमा विख्यात भए । अहिलेसम्म उनका ४० करोडभन्दा बढी एल्बम बिकिसकेका छन् ।