
प्रधानमन्त्री केपी ओलीसँग एसियाली भुक्तानी नेटवर्क (एपिएन)को २१औँ फोरमका सहभागीले आज मंगलबार भेट गरेका छन्।
फोनपेद्वारा आयोजित सम्मेलनमा सहभागी नेपालसहित १३ देशका १४ प्रतिनिधिसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटेर सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढीकरणबारे विचार–विमर्श गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयका लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गरे।