१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारको बचाउमा योगेश भन्छन्– ट्युनिङ नमिल्ने कर्मचारी हटाउँदा प्रचण्डको मुटुमै गोली लागेजस्तो भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारी राख्ने र हटाउने सरकारको अविशिष्ट अधिकार रहेको भन्दै कुलमान हटाउने सरकारको निर्णयको बचाउ गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा बोल्दै भट्टराईले वर्तमान सरकारको आलोचना गर्नुअघि आफ्नो कार्यकालमा प्रधानसेनापति र मुख्यसचिव हटाएको स्मरण गर्न आग्रह गरे।

‘म कमरेड प्रचण्डलाई भन्न चाहन्छु, तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो त। एकपटक सम्झनुस् त प्रधानसेनापतिलाई कसरी हटाउनुभयो। एकपटक सम्झनुस् त अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो र हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो,’ भट्टराईले भने, ‘अनि केपी ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठुलो चिन्ता, मुटुमै गोली लागेको जस्तो किन भएको छ ?’

ट्युनिङ नमिलेपछि सरकारले कर्मचारी हटाएको भन्दै भट्टराईले यस्ता बेथिति प्रचण्डको पालामा पनि धेरै भएका बताए।

‘एउटा सहसचिव लेबलको कर्मचारी हो। सरकारसँग उसको ट्युनिङ मिलेन, उसको बन्दोबस्ती भयो। प्रधानसेनापति हटाएजस्तो कुरा त होइन। मुख्यसचिवलाई जगेडामा राखेजस्तो कुरा त होइन त्यो। यस्ता खालका बेथिति आफ्ना पालामा पर्याप्त भएका छन्, एकपल्ट सम्झनुहोला,’ उनले भने।