१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीका पाँच सचिवको पदस्थापन तथा सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

बागमती प्रदेश सरकारले पाँचजना सचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको बैठकले संघीय सरकारबाट सरुवा भएर आएका तीन सचिवको पदस्थापन गरेको हो भने दुई  सचिवको जिम्मेवारी हेरफेर गरेर सरुवा गरेको हो । बैठकले संघीय सरकारबाट आएका वैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुसाललाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा झलकराम अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो । 

बैठकले सामाजिक विकास मन्त्रालयको सचिवमा हाल उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव विनु बज्राचार्य र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रदेश सभा सचिवालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो।सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरुजचन्द्र लामिछानेका अनुसार बैठकले उद्योग मन्त्रालयअन्तर्गत भू–उपभोग परिषद् गठन गरी दुईजना विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । जसमा तानसेन पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ। 

बैठकले बागमती प्रदेश विश्वविद्यालय संरक्षण समिति (बोर्ड अफ ट्रस्टी)को सदस्यमा नुवाकोटका रामप्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय गरेको छ भने प्रदेश उच्च शिक्षा परिषद्को पदेन सदस्यमा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले स्थानीय तहसँगको समन्वय र मागका आधारमा विपत् स्वयंसेवक समूह गठन गर्न बजेट अख्तियारी दिने निर्णय गरेको छ।

कुल एक करोड बजेट रहेको उक्त कार्यक्रम कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो । बैठकले आगामी आर्थिक वर्ष ०८२/८३ को वित्तीय समानीकरण अनुदान कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ।