मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २३ मंगलबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रम कर्मकाण्डी भयो : स्वर्णिम वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १४:o५:oo

प्रतिनिधिसभामा मंगलबार बोल्दै डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।

उनले आफूले १२ वर्षदेखि चासो लिएर सुन्दै आएको नीति तथा कायर्क्रम कर्मकाण्डमै सीमित रहेको बताए । उनले यो सरकारलाई के कुराले सम्झिने भन्दै रवि लामिछानेलाई थुनेको, रवीन्द्र मिश्रलाई थुनेको भनेर सम्झिने भन्दै प्रश्न गरे ।

सांसद डा. वाग्लेले निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने बताउँदै नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याई ल्याएको पुरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको उल्लेख गरे ।

डा. वाग्लेले अहिले प्रचार गरिएका राम्रा काम खोतलेर हेर्दा खोक्रो भेटिएको बताए । उनले सरकारले ल्याएका राम्रा कामको आफ्नो पार्टीले समर्थन गर्ने भन्दै यसअघि सरकारले यस अघि ल्याएको एक अध्यादेशको समर्थन गरेको स्मरण गरेका थिए ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीको नाम जोडिएका आयोजनाको नाम परिवर्तन सकारात्मक भएको भन्दै फेरिएको नाम बदनाम नहोस् भन्दै सरकारलाई सचेत गराए ।