१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २३ मंगलबार १o:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल लाइफको २४औँ वार्षिकोत्सव सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १o:४६:oo

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा देशका १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

यस अवसरमा कम्पनीले देशको सातैवटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगन्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगन्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको  टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ ।

यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ।