१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २१ आइतबार १९:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १९:२३:oo

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका– १, कचनारीका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार परिवर्तित नाम ०८१/८३ पतार जी– १ को जाहेरीको आधारमा प्रहरी चौकी कचनारी र प्रहरी चौकी हर्कट्टीको संयुक्त टोलीले फरार रहेका करिब १९ वर्षीय विवेक साहलाई नेपाल–भारत सीमा क्षेत्रमा पर्ने औरही गाउँपालिका– १ दरहिया गाउँमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेका साहलाई सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय महेशपुर पतारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।