१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 07 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कलाकार सुरक्षा पन्तमाथि साइबर हमला गर्नेमाथि कानुनी कारबाही गर्न कोशीका मुख्यमन्त्रीको माग 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्र प्रतिक्रिया दिएकै कारण कलाकार सुरक्षा पन्तविरुद्ध साइबर हमला गर्नेहरूविरुद्ध सरकारले कानुनीअनुसार कारबाही गर्नुपर्ने बताएका छन्। 

शनिबार पत्रकार महासंघ मोरङले विराटनगरमा आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले ह्रदयेन्द्र शाहबारे पत्रकारले कस्तो लाग्छ भनेर सोधेको प्रश्नको भद्र तरिकाले उत्तर दिँदा कलाकार सुरक्षा पन्तलाई लोकतन्त्र विरोधीहरूले छदम नामबाट निरन्तर साइबर आक्रमण गरिरहेकोले उनीहरूमाथि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेका हुन्। 

कलाकार सुरक्षा पन्तले पत्रकारले अन्तर्वार्ताका क्रममा सोधेको प्रश्नमा लोकतान्त्रिक व्यवस्था अनुकूल ह्रदयेन्द्र राजा हुने कानुनी व्यवस्था नभएकोले उनी कला क्षेत्रमा आए राम्रो प्रगति गर्न सक्ने उत्तर जायज भएको, तर निरंकुशतावादीहरूले प्रोफाइल लक गरेर उनको करियर नै सिध्याउने गरी साइबर हमला गरिरहेकोले उनीहरूमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका हुन्। 

‘स्वस्थ्य आलोचना गर्दै शान्तपूर्वक राजतन्त्रको पक्ष र लोकतन्त्रको खराबीबारे बोल्न पाइन्छ। तर, संविधाननै उल्लंघन गरेर लोकतन्त्रको विरोधमा अपराध गर्ने छुट कसैलाई पनि हुँदैन र छैन। यसैले जोकोहीले यसरी जोकोहीमाथि अराजकता मच्याउन लागिपर्छ भने उसमाथि कानुनअनुसार कारबाही हुनुपर्छ,’ पत्रकारहरू माझ मुख्यमन्त्री कार्कीले भने। 

मुख्यमन्त्री कार्कीले अझै प्रहरी प्रदेशमातहत आइनसकेकाले आफूले विभिन्न खोल ओढेर संविधान विरोधी कार्य गर्नेहरूलाई कानुनी कारबाही गर्न गराउन नसकिरहेको, तर संघीय सरकारले अपराध गर्नेहरूलाई उन्मुक्ति दिन नहुने बताए।