
सरकारले इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा ज्याला प्रणाली लागू गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने बताएका हुन् । त्यस्तै, श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने पनि उनले बताए ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा ज्याला प्रणाली लागू गरिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ ।’