१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार १५:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसेम्बली उद्योग प्रवर्द्धनमा सरकारको प्राथमिकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १५:५१:oo

सरकारले जडान (एसेम्बली) उद्योगहरू सञ्चालनमा प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यस्तो घोषणा गरिएको हो । 

नीति तथा कार्यक्रममा जडान उद्योग विस्तार गरेर आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्ने उल्लेख छ । पछिल्लो समय नेपालमा विभिन्न प्रकारका जडान उद्योगहरू सञ्चालनमा आउने क्रम बढ्दो छ ।

सामसुङ टेलिभिजन, बजाज मोटरसाइकल, हुन्डाई, हिरो, रोयल इन्फिल्ड, होन्डा, टिभिएस, यामाहालगायत कम्पनीले एसेम्बली प्लान्ट सञ्चालनमा ल्याइसकेका छन् । 

यस्तै, विशेष आर्थिक क्षेत्र (सेज) सार्वजनिक निजी साझेदारी मोडलमा विस्तार तथा सञ्चालन गरिने भएको छ । अहिलेसम्म भैरहवा र सिमरामा सेज सञ्चालनमा आएका छन् ।  

सरकारले निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा जोड दिने भएको छ । पहिचान गरिएका वस्तुहरूको निर्यात बढाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि प्रतिस्पर्धात्मक क्षमता बढाउन लागत घटाउने आधुनिक प्रविधिको उपयोग बढाइने घोषणा गरिएको छ ।