
सरकारले शिक्षा क्षेत्रमा परिवर्तनका लागि नीतिगत तथा कानुनी प्रबन्ध गर्ने र उद्यमशीलतामैत्री शिक्षा लागू गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
संघीय संसद्का दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पाठ्यक्रम सिकाइ र अध्यापन विधिमा व्यापक परिवर्तन गर्ने बताएका हुन् ।