१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १९ शुक्रबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार

ललितपुरमा भएको दुर्घटनामा महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १५:३१:oo

ललितपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका– २ सानेपास्थित सडकमा ना.६ ख ४६२४ नम्बरको ट्रकले गण्डकी प्रदेश ०३–००१ प ०४२४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं टेकु बस्ने कैलाली घर भएकी ४० वर्षीया नम्रता ज्ञवालीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलचालक र ट्रकचालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ।