
संखुवासभाको तुम्लिङटारबाट धनकुटातर्फ जाँदै गरेको जिप अरुण नदीमा खस्दा तीनजना घाइते भएका छन्।
सोमबार दिउँसो करिब पौने ४ बजेतिर धर्मदेवी नगरपालिका–८, सुर्तीबारीस्थित कोशी राजमार्गबाट अरुण नदीमा जिप खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले बताए।
बस्नेतका अनुसार उक्त बोलेरो जिपको नम्बर खुलेको छैन। बोलेरोमा सवार दुईजनासँगै एक पैदलयात्री घाइते भएका छन्। उनीहरूको पनि परिचय खुलिसकेको छैन।
जिपले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित हुँदा अरुण नदीमा खसेको डिएसपी बस्नेतको भनाइ छ। घाइते तीनैजनालाई जिल्ला अस्पताल खाँदबारी ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र एकजना सामान्य घाइते भएकाे प्रहरीले जनाएको छ। घटनाको विस्तृत वितरण आउन बाँकी छ।