१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:१५:oo
Read Time : < 1 मिनेट
समाचार

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न एनसिई नेपालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:१५:oo

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न माग गरेको छ ।

१५–२२ वैशाखसम्म तय भएको शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहका अवसरमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले सार्वजनिक शिक्षालाई थप बलियो र सुदृढ बनाउनेगरी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने बताए ।

‘शिक्षा विधेयक झनझन पेचिलो बन्दै गएको छ, तत्काल जारी हुनेमा अझै सशंय छ,’ अध्यक्ष पहाडीले भने, ‘नागरिक समाजले सार्वजनिक शिक्षालाई थप बलियो र सुदृढ बनाउनेगरी शिक्षा विधेयक तत्काल पारित गर्न दबाबमूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने छ ।’

संविधानले अनिवार्य र निःशुल्क शिक्षाको सुनिश्चितता गरेपनि विद्यालय शिक्षा ऐन नहुँदा नहुँदा यसअघि जारी भएको निःशुल्क र अनिवार्य शिक्षा ऐनको कार्यान्वयनमा पनि चुनौती खडा भएको उनले बताए । एनसिईले राज्यको लगानीको २० प्रतिशत सार्वजनिक शिक्षामा विनियोजन गर्नुपर्ने माग गर्दै आएको छ ।

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहका अवसरमा विभिन्न कार्यक्रम पनि तय गरिएको छ । अध्यक्ष पहाडीका अनुसार सार्वजनिक शिक्षालाई थप बलियो र सुदृढ बनाउन दबाब दिनका लागि सोमबार काठमाडौंको भृकुटीमण्डपमा नागरिक समाजको प्रभातफेरी तथा रचनात्मक दबाब आयोजना हुँदैछ । विद्यालय शिक्षा विधेयक छिटो जारी गर्न मागसहित  मंगलबार राजनीतिक दलदका प्रमुख सचेतकसँग पैरवी गरिने उनले बताए । कार्यसप्ताहका अवसरमा प्रदेश र जिल्ला तहमा प्रदर्शन, सरोकारवालासँग नीतिगत बहस पनि हुने भएको छ । त्यस्तै, स्थानीय र प्रदेश सरकारलाई विद्यार्थीले लेखेका पत्र हस्तान्तरण पनि गरिने उनले बताए ।