१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १२ शुक्रबार १२:३३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सुजन चापागाईंको कन्सर्टसहित पोखरा र धरानमा ‘ऊनको स्विटर साँझ’ कार्यक्रम आयोजना हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार १२:३३:oo

आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऊनको स्विटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन यस चलचित्रका गीत निर्देशकसमेत रहेका चर्चित गायक सुजन चापागाईं चलचित्रका प्रमुख कलाकारहरूसहित देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा सांगीतिक कार्यक्रममार्फत संवादमा उत्रने भएका छन् । ‘ऊनको स्विटर साँझ विथ सुजन चापागाईं’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । सुजनसँगै चलचित्रका प्रमुख कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सनविक्रम राई र निर्देशक नवीन चौहानको विशेष उपस्थिति रहनेछ ।

पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रम ऊनको स्विटर साँझ प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र चलचित्रका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बूले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईंले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् । त्यस्तै, झलकमान गन्धर्वको जन्मजयन्तीको अवसर पारेर गन्धर्वको परिवारको उपस्थितिमा सुजनले झलकमानका गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि समावेश छ ।

त्यसैगरी, धरानको रंगशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम ‘ऊनको स्विटर साँझ विथ सुजन चापागाईं’लाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बू र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ ।

हालै सार्वजनिक भएको यस चलचित्रको गीत ‘काफ्ले’ सामाजिक सञ्जालमा निकै चर्चामा छ । यसअघि सार्वजनिक भएका ‘फूल’ र ‘मखमली’ गीतले पनि राम्रो लोकप्रियता कमाएका छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भने काठमाडौंमा वैशाख १६ गते साँझ ४ बजे गरिने तयारी छ ।