१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२६:oo
Read Time : < 1 मिनेट
समाचार

माइतीघर मण्डलामा नेविसंघको द्वीप प्रज्ज्वलन र श्रद्धाञ्जली सभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२६:oo

लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार रक्षा, धार्मिक सद्भाव र विश्व शान्तिका लागि नेपाल विद्यार्थी संघ उपत्यका जिल्ला समितिहरू (काठमाडौं, ललितपुर, भक्तपुर) ले माइतीघर मण्डलामा साँझ ६ बजे दीप प्रज्वलन गरेका छन्। उनीहरूले जम्मु–कस्मिरको पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएका रुपन्देही बुटवलका सुदीप न्यौपानेसहित सबै निर्दोषप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेका छन्। 

कार्यक्रममा सहभागी कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले सुदीप न्यौपानेलगायतमाथि भएको बर्बरतापूर्ण व्यवहारलाई ‘क्रूर र अमानवीय कार्य’ भन्दै भर्त्सना गरे। ढुंगानाले मानव अधिकार र मानवताको पक्षमा पार्टीको प्रतिबद्धता दोहोर्‍याए।

कांग्रेसका युवा नेता सन्दीप रानाले विद्यार्थीलाई विश्व शान्ति, न्याय र मानवताको रक्षाका लागि आवाज उठाउन आह्वान गरे। उनले भने, ‘यस्तो क्रूर र अमानवीय घटनाको जति भर्त्सना गरे पनि पुग्दैन। अहिलेको घडीमा हामीले एकजुट भई अन्यायविरुद्ध बोल्नुपर्छ।’ उनले भारत सरकार र भारतीय जनतालाई नेपालको तर्फबाट सद्भाव र सहानुभूति रहेको जनाए।

नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले उक्त घटनाले मानवताको मूल्य र मान्यतालाई गम्भीर चुनौती दिएको भन्दै शान्ति र सद्भावको रक्षा गर्न निरन्तर संघर्षरत रहनु आवश्यक रहेको बताए। आतंकवादका कुनै पनि रूप र स्वरूपको अन्त्य तथा शान्ति, न्याय र मानवताका लागि नेविसंघ भन्ने उद्घोषमाथि सबैले जोड दिएको मल्लले बताए।

कार्यक्रममा नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष अंसुल केसी, ललितपुर जिल्ला अध्यक्ष सरोज घोरसाइने र भक्तपुर जिल्ला अध्यक्ष बद्री थापा, अन्य केन्द्रीय सदस्य, जिल्ला तथा गाउँ तहका नेताहरू र विद्यार्थीहरूको सहभागितामा दीप प्रज्वलन गर्दै आतंकविरुद्ध ऐक्यबद्धता प्रदर्शन गरिएको थियो।