१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’को मनोनयन सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले आयोजना गर्न लागेको ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’का लागि उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो पत्रकारहरूको नाम सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ८ विधाका उत्कृष्ट पाँच–पाँचजनाको नाम सार्वजनिक गरिएको हो।

यसपटक ८ विधामा अवार्ड प्रदान गरिँदैछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता समेटिएको छ। साथै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका फोटो पत्रकारहरूलाई पनि प्रदेशस्तरीय अवार्ड प्रदान गरिँदैछ।

विधागत उत्कृष्ट पाँच मनोनयनहरू नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्डमा हरि महर्जन, स्कन्द गौतम, दीपेन्द्र ढुंगाना, अभिषेक महर्जन र बिजेन अमात्य छनोट भएका छन्। पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्डमा देविका बिस्ट, कबिता थापा, मेनुका कार्की, रमिता छुँजु र सकुन्तला राना छनोट भएका छन्।

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्डतर्फ अनिश रेग्मी, चन्द्रबहादुर आले, दीपेन्द्र ढुंगाना, गोपाल दाहाल र स्कन्द गौतम तथा डिश होम इन्टरनेट खेलकुदतर्फ उदिप्त सिंह क्षेत्री, सफल केसी, साजन लामिछाने, सरोज नेपाल र सौरभ केसी छनोट भएका छन्।

कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्डतर्फ अजय लेन्सम्यान, दिलिप वैद्य, शंकर भुजेल, राजिब हेन्गाजु र टेकबहादुर खड्का मनोनित भएका छन्। एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृतिमा अम्बिर तोलाङ, अमित मचामासी, हरि महर्जन, मनोजरत्न शाही र सुशील श्रेष्ठलाई मनोनयन गरिएको छ।

त्यस्तै, राष्ट्रिय बाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्डका लागि स्कन्द गौतम, सरोज राई, सागर बस्नेत, प्रेम थापा र अभिषेक महर्जन तथा ग्लोबल आइएमइ बैंक आर्थिकमा दिपेन्द्र ढुंगाना, अम्बिर तोलाङ, चन्द्रबहादुर आले, स्कन्द गौतम र अभिषेक महर्जन छनोट भएका छन्।

प्रदेशस्तरीय उत्कृष्ट पाँच मनोनयनमा गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्डमा अर्जुन कुलुङ राई, गुरु ढकाल, नेत्र बिमली, शरद जोशी र सुजन बज्राचार्य तथा मधेश प्रदेशतर्फ अर्मेद्र कुमार यादव, चन्द्रदेव साह दिवाकर भण्डारी, राम सर्राफ र तिवारी यादव छनोट भएका छन्।

ललितपुर महानगरपालिका बागमती प्रदेशतर्फ अमरदीप श्रेष्ठ, गणेश बिस्ट, मिलन घिमिरे, नबिन पौडेल र उद्धव कुमार श्रेष्ठ, गण्डकी प्रदेशतर्फ बिष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, प्रेम थापा र सागर गिरी एवं लुम्बिनी प्रदेशतर्फ जानु पाण्डेय, खगप्रसाद चापागाई, माधव प्रसाद अर्याल, मनिष अर्याल र राज अधिकारी छनोट भएका फोटो पत्रकार समूहले जनाएको छ।

रोयल इन्फिल्ड कर्णाली प्रदेशतर्फ अमरराज पुन, अमृत कुमार बुढाथोकी, बल बहादुर ओली, भारत घर्ति र कविराज कार्की तथा सुदूरपश्चिम प्रदेशतर्फ भुपेन्द्र ओली, बिनोद बिस्ट, खडक रावल, लोकेश साउद र माधव अवस्थी छनोट भएका छन्।

अवार्ड छनौट समितिमा अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ्ग एण्ड कम्यूनीकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा छन्।