१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका– २ स्थित श्री शंकर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज उद्घाटन एवं हस्तान्तरण गरिएको छ । अस्ट्रेलियामा बस्ने नेपालीहरूबाट संकलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ। 

उक्त भवनको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गरे । ०७९ मा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि एनआरएन अस्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो।     

अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताए । ‘अस्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरणसमेत गरिएको थियो,’ उनले भने, ‘पछि विद्यालय निर्माणका लागि पनि सहयोग संकलन गरिएको थियो ।’ 

विद्यालय भवन निर्माण आठ महिनाअघि सुरु भएको हो । उक्त भवनमा चालू शैक्षिक सत्रबाट भवनमा पठनपाठन पनि सुरु भइसकेको छ । ‘यो सहयोगका लागि अस्ट्रेलियामा रहेको विभिन्न संघसंस्था र व्यक्तिहरूको योगदान छ, आगामी दिनमा पनि यसप्रकारको सहयोग जारी रहनेछ,’ अध्यक्ष पोखरेलले भने । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अस्ट्रेलियालाई धन्यवाद दिए । त्यस अवसरमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, एनआरएनए ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेललगायत विद्यार्थी र स्थानीयको उपस्थिति थियो ।