Skip This
बेदकोट–९ का वडाध्यक्ष विष्टको निधन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format २१:o६:oo
Read Time : < 1 मिनेट
समाचार

बेदकोट–९ का वडाध्यक्ष विष्टको निधन 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format २१:o६:oo

कञ्चनपुरको बेदकोट  नगरपालिका–९ का वडाध्यक्ष जनकसिंह विष्टको निधन भएको छ। बुधबार दिउँसो बेदकोट ताल क्षेत्रमा बेहोस अवस्थामा भेटिएका विष्टको उपचारका क्रममा निधन भएको हो। 

विष्टको बुधबारै साँझ महाकाली अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ। वडाध्यक्ष विष्टको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले वडाध्यक्षको निधनको कारणबारे अनुसन्धान भइरहेको बताए। 

निधनको एक दिनअघि मात्रै वडाध्यक्ष विष्टले समाजिक सञ्जालमा हाँसोभित्रको पीडा भन्दै फेसबुक स्टाटस राखेका थिए। बिहान वडामा सामाजिक सुरक्षा-भत्ता वितरण गरेपछि उनी कामका लागि भन्दै मोटरसाइकलमा निस्किएका थिए। उनले वडासदस्य पार्वती विष्टलाई कावाको जिम्मेवारीसमेत दिएका थिए। 

नेपाली सेनाबाट सेवानिवृत विष्ट ०७४ मा वडासदस्य र ०७९ मा वडाध्यक्षमा विजयी भएका थिए।