Skip This
सकियो हिमाली संवाद, जलवायु परिवर्तनले संकटमा हिमाल 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
Invalid date format २o:o९:oo
Read Time : < 1 मिनेट
समाचार

सकियो हिमाली संवाद, जलवायु परिवर्तनले संकटमा हिमाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o९:oo

जुम्लामा आयोजित दुई दिने हिमाली संवाद–०८२ सम्पन्न भएको छ । सगरमाथा संवादलाई लक्षित गरि सेभ द चिल्ड्रेन वर्ल्ड भिजनको सहयोग तथा किडार्क नेपालद्वारा आयोजित हिमाली संवाद १३बुँदे जुम्ला घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको हो।

संवादपश्चात् पत्रकार सम्मेलनमार्फत घोषणा–पत्र सार्वजानिक गरिएको छ । घोषणापत्रमा जलवायु परिवर्तनले हिमाली समुदायमा पारेको प्रभाव, अनुकूलनका लागि भएका अभ्यास र अब तीनै तहका सरकारले गर्नुपर्ने प्रयासलगायतका सवाललाई प्राथमिकता दिएको किडार्क नेपालका अध्यक्ष सम्झना मल्लले बताइन्।

उनका अनुसार जलवायु परिवर्तनको असरले हिमाली समुदाय बढी प्रभावित भएकोले कर्णाली सरकारले विशेष नीति र बजेटसहित कार्यक्रम बनाउन घोषणापत्रमार्फत ध्यानाकर्षण गराइएको छ। किडार्क नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले हिमाली संवादबाट जारी घोषणापत्रमा जलवायु परिवर्तनले हिमाली समुदायमा पारेको प्रभाव तथा अनुकूलनका सवालमा अब गर्नुपर्ने प्रयासका विषयमा जोड दिएको बताए।

दुई दिनसम्म सञ्चालन भएको संवादमा पाँचवटा प्राविधिक सत्रमा छलफल भएको थियो। छलफलमा जलवायु अनुकूलनका लागि भएका प्रयास अपर्याप्त भएकोले अब तीनै तहका सरकारले विशेष प्राथमिकता दिएर अनुकूलनका काम गर्नुपर्नेमा जोड दिएका छन्।