Skip This
कास्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
आक्रमणपछि गस्तिमा खटिएको भारतीय सेना । तस्बिर : एपी
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कास्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३o:oo

कास्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था भएको हो।

हिजो कास्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो। उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुष्मा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। आक्रमणमा परेर रिमकला घाइते छिन्।

मन्त्री डा. राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन्। मन्त्री डा. राणा र राजदूत डा. शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए।

सो समन्वयपछि आज नै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौ हवाईजहाजमा तथा लखनौबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो। दिल्लीबाट लखनौको उडानका लागि उनीहरूलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुईजना कर्मचारी खटाइएको छ। त्यसैगरी, सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरुलाई पुर्‍याउने व्यवस्थाका लागि पनि मन्त्री डा. राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेकी छिन्।

घटनास्थलमा रहेका सुदीपका आफन्तहरूले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो। सुदीप बुटवल–११, कालिकानगर रुपन्देहीनिवासी हुन्। हिजोको सो आतंककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ।