Skip This
पेस्तोल र गोलीसहित सिराहाबाट दुई भारतीय किशोर पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
Invalid date format १९:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेस्तोल र गोलीसहित सिराहाबाट दुई भारतीय किशोर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o७:oo

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका– १ कचनारीस्थित नरगी चोकबाट पेस्तोल र गोलीसहित पक्राउ परेका दुई भारतीय किशोरविरुद्ध थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतको बिहार प्रान्त जिल्ला मधुवनी पिपराही ग्रामपंचायत– २ कमलपुरका करिब १९ वर्षीय राजिव सिंह र सोही ठाउँका प्रिन्स सिंह पेस्तोल र गोलीसहित पक्राउ परेपछि मंगलबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको हो।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुई किशोरलाई कचनारी प्रहरीले चेकिङको क्रममा सोमबार पक्राउ गरेको हो।

नरगी चोक हुँदै एमबीएलएचए ११ एइई ९ बी २३३२४ नम्बरको मोटरसाइकल चढेर भारततर्फ जाँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा प्रिन्सले कम्मरमा लुकाएको पेस्तोल र ट्रयाकमा लुकाएको एक थान गोली बरामद भएको थियो।