
सुनसरीको कोशी गाउँपालिका–१ भन्सार कार्यालयअगाडिबाट ३२३ किलो २१० ग्राम गाँजा र दुई ग्राम खैरो हेरोइनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
भोजपुरको अरुण गाउँपालिका–५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनी खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
थप अनुसन्धानको क्रममा उनले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश १–०२–००२ च ५३४८ नम्बरको योद्धा गाडीलाई तलासी गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ।