Skip This
भारतीय विद्युतमन्त्री खट्टरले गरे नौ सय मेगावाटको अरुण तेस्रोको अवलोकन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १७:o१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भारतीय विद्युतमन्त्री खट्टरले गरे नौ सय मेगावाटको अरुण तेस्रोको अवलोकन

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त परियोजनाको अवलोकन भ्रमण गरेका छन् ।

मंगलबार भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री खट्टरले अरुण तेस्रो जलविद्युत्त परियोजनाको चिचिला गाउँपालिका–३ स्थित दिदिङ पुखवामा रहेको पावारहाउसमा पुगेर टर्वाइनको उद्घाटन गर्नुका साथै मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दामा रहेको ड्यामसाइड पुगेर अवलोकन भ्रमण गरेका थिए । 

संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेलले मन्त्री ज्यूहरुले अरुण तेस्रोको पावारहाउस र ड्यामसाइडको अवलोकन भ्रमण गरेको बताए । उनले बर्षात् भएकाले कार्यक्रम छिटो–छिटो गरेर काठमाडौं फर्किनुभएको बताए । 

नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको विशेष निमन्त्रणमा आज (मंगलबार) विहान मात्रै उनी नेपाल आएका हुन् । समकक्षी भारतीय मन्त्री खट्टरलाई नेपालका उर्जा मन्त्री खड्काले स्वागत गर्दै हेलिकप्टर संखुवासभा आएका हुन् । 

उर्जा मन्त्री खड्काले भारतीय विद्युत्त मन्त्री खट्टरलाई अरुण तेस्रो परियोजनाको पावारहाउस र ड्यामसाइड दुवै ठाउँको अवलोकन भ्रमण गराएका थिए । ति दुवै ठाउँको अवलोकन भ्रमणपछि मंगलबार नै संखुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तरगत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०–१३३–३३ केभी तुम्लिङटार सवस्टेशन, २२०–३३ केभी बानेश्वर सवस्टेशन तथा २२०–१३३–३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारमा उद्घाटन कार्यक्रमलाई झकिझकाउ र भब्य रुपमा तयारी गरिएको थियो । तर, उक्त कार्यक्रम अन्तिम चरणमा मौसम प्रतिकुलताका रद्ध गरिएको थियो । उक्त उद्घाटन कार्यक्रममा जिल्लाका राजनैतिक दल, नागरिक र संचारकर्मीहरुलाई निमन्त्रणा गरिएपनि अन्तिम समयमा रद्ध भएको जानकारी दिइएको थियो । 

अरुण तेस्रो जलविद्युत्त परियोजनाको काम अहिले ८० प्रतिशत सम्पन्न भईसकेको छ । हाल तीब्र गतिमा भईरहेको जनाएको छ । भारतीय सतलज एसजेविएन कम्पनीले अरुण तेस्रो निर्माणको काम गरिरहेको छ ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्यामसाइडको काम भइरहेको छ भने चिचिला गाउँपालिका–३ दिदिङ पुखुवा पावारहाउस निर्माणको काम भईरहेको छ । सन् २०२५ भित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको जनाएको छ ।  १ खर्ब ४४ अर्बको लागतमा बन्ने अरुण तेस्रो जलविद्युत्त परियोजना नेपालको सबैभन्दा ठूलो जलविद्युत्त परियोजना हो । परियोजना सम्पन्न भएको २५ बर्षपछि नेपाललाई हस्तान्तरण गर्ने पिडीएफमा उल्लेख छ ।