Skip This
तीन हजारभन्दा बढी करदाताले बुझाएनन् विवरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तीन हजारभन्दा बढी करदाताले बुझाएनन् विवरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरूमध्ये तीन हजार एक सय करदाताले आफ्नो आय विवरण बुझाएका छैनन्। पुस मसान्तभित्र आय विवरण बुझाइसक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् ।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए पनि अहिलेसम्म उनीहरूले नबुझाएका हुन् । ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताए।

उनले भने, ‘पुस मसान्तसम्म चार हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो तीन महिनामा नाै सय करदाताले विवरण बुझाएका छन् ।’ यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाताहरूलाई भेट्ने र आय विवरण बुझाउन अनुरोध गर्ने गरेका छन् ।

कार्यालयका अनुसार यहाँ ७२ हजार ५६२ करदाता छन् । आय विवरण बुझाउन र कर बुझाउनका लागि करदाता शिक्षा, प्रचारप्रसार, पम्प्लेट वितरण, माइकिङ, संकलन भ्रमण र स्थानीय तहसँग समन्वयलगायतका काम भइरहेका छन् ।

कार्यालयले चालू आर्थिक वर्षमा हालसम्म लक्ष्यको ९०.३८ प्रतिशत कर संकलन गरेको छ । गत चैत मसान्तसम्म रु. १६ अर्ब ५८ करोड ३२ लाख ९६ हजार राजस्व संकलन गरेको छ । सो अवधिभित्र राजस्व विभागले रु. १८ अर्ब ३४ करोड ६९ लाख १० हजार राजस्व संकनको लक्ष्य दिएको थियो ।

गत आर्थिक वर्षको सोही समयमा कार्यालयले रु. १३ अर्ब ९३ करोड ८३ लाख १० हजार राजस्व संकलन गरेको थियो । सो समयमा विभागले रु. १९ अर्ब ८९ करोड ६४ लाख १९ हजार लक्ष्य तोकेको थियो । विभागले तोकेको लक्ष्यको ७०.०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो ।