
पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गतकाे दाउन्नेमा सुक्खा पहिराे खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान सवा ११ बजेतिर पहिराे खसेर अवरुद्ध भएकाे बाटाे अझै खुल्न सकेकाे छैन ।
विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा बाबा मन्दिर नीर पहिराे खसेकाे हाे ।कल्भर्ड निर्माण गरेर बाटाे एकतर्फी भएकाे पहिराे खसेकाे हाे । पहिराे हटाउने क्रम जारी रहे पनि पहिराे खस्ने क्रम नराेकिएकाेले यातायात सञ्चालन गर्न नसकिएकाे प्रहरी उपरीक्षक यादव ढकालले बताए ।