१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५८:oo

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका– १० घर भएकी २९ वर्षीया उरुषा क्षेत्री, काठमाडौं महानगरपालिका– ३२ बस्ने नुवाकोट विदुर नगरपालिका– ५ घर भएका २७ वर्षीय केदार ढुंगाना र दाङ तुलसीपुर उपमहानगरपालिका– ६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन्।

पक्राउमध्ये उरुषाले क्यानडा पठाइदिन्छु भन्दै एकजनाबाट आठ लाख रुपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै दुईजनाबाट आठ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै दुईजनाबाट ३४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उरुषा काठमाडौं महानगरपालिका– ३१ बाट शनिबार, केदार काठमाडौं महानगरपालिका– ३२ बाट शुक्रबार र पोषणराज दाङ तुलसीपुर उपमहानगरपालिका– ६ बाट बुधबार पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये उरुषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।