१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o२:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ग्रामीण चलचित्र महोत्सवमा जितु नेपाल भए उत्कृष्ट अभिनेता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o२:oo

अभिनेता जितु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जितुले फिल्म ‘ज्वाइँ साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकारी घोषित भइन् । उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् ।

गोसाइँकुण्ड गाउँपालिका, रसुवामा गत वैशाख ४ बिहीबारबाट सुरु भई ६ गते शनिबार सकिएको अवार्डमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट बेस्ट एक्टर (जुरी) अवार्ड प्राप्त गर्दा बेस्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’का रामहरि खड्का, बेस्ट कल्चर फिल्म आप्लेगा नाम्सा’ले र इन्करेजमेन्ट अवार्ड रोनिस खड्का फिल्म प्याकुलीबाट पाए । बेस्ट सर्ट फिल्म ‘म कमरेड’बाट निर्मल पौडेल, बेस्ट डकुमेन्ट्री ‘माझी’बाट सविर श्रेष्ठ, बेस्ट फिल्म अन्जिला’बाट प्रेम श्रेष्ठले अवार्ड जिते ।

फेस्टिभलमा बेस्ट सम्पादक भरत रेग्मी फिल्म ‘पूजार सार्की’, बेस्ट छायांकन शिवराम श्रेष्ठ फिल्म ‘बोक्सीको घर’, बेस्ट निर्देशक मिलन चाम्स अन्जिला’, जुरी मेन्सन अवार्ड ऋषिराजा आचार्य फिल्म ‘द्रौपदी’, जुरी अवार्ड निर्देशक वसन्त निरौला फिल्म ‘ज्वाइँ साब’, बेस्ट भिज्युअल इफेट फिल्म ‘बोक्सीको घर’बाट मनोज श्रेष्ठले जिते ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतलाई अवार्ड तथा प्रमाणपत्र वितरण गरे ।

तीन दिनसम्म निरन्तर आयोजना भएको कार्यक्रममा साना र ठुला गरेर २२ फिल्म प्रदर्शन भए । दर्जनौँ चलचित्रकर्मी र रंगपत्रकारको समेत सहभागिता महोत्सवको समापन ३०औँ वन्यजन्तु सप्ताह, चौथो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता एकसाथ आयोजना भएको थियो ।
नेपाली महिला फुटबल टोलीको क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिला फिल्म प्रदर्शन गर्दै महोत्सव सुरु भएको थियो । पहिलो दिन वैशाख ४ गते ‘अन्जिला’सँगै ‘पूजार सार्की’,  ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ सेलीब्रेटी नेपालले नियमित रूपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनले महोत्सवले  गाउँगाउँमा चलचित्र संस्कृतिको विकास गर्ने जानकारी दिए ।

कार्यक्रममा रेडियो रसुवाका पत्रकार दीपक लामालाई नगद ५,५५५ सहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरणम्’ फिल्मका निर्माता नवीन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । विगत चार वर्षदेखि नियमित आयोजना हुँदै आएको महोत्सव निरन्तर हुने  महोत्सवका अध्यक्ष सापकोटाले बताए ।