
मकवानपुरको थाहामा आफ्नै नाबालिक छोरीलाई जबर्जस्ती करणी गर्ने बाबु पक्राउ परेका छन्।आफ्नै १३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका– १ कुन्छालका ३६ वर्षीय पुरुषलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।
ती पुरुषले आफ्नै छोरीलाई गत २८ चैतमा ललाइफकाई घरदेखि अन्दाजी तीन–चार किलोमिटर पश्चिमतर्फ रहेको जंगलमा लगी जबर्जस्ती करणी गरेका थिए । पीडित बालिकाले घटनाबारे इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी निरीक्षक सविनबाबु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पीडित बालिकाको अवस्था सामान्य रहेको र उनलाई सेफ हाउसमा राखिएको छ । यस्तै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।