१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
Invalid date format ११:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्सको क्रस बैंक टेलर र फ्रिलान्सर बचत खाता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१६:oo

 सिटिजन्स बैंक इन्टरनेसनलले आइतबार १८ वार्षिकोत्सव मनाएको छ । १८ वर्ष वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विविध कार्यक्रमसमेत गरेको छ । कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । 

यसबाट सर्वसाधारणमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । वार्षिकोत्सवकै क्रममा बैंकले नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलसँगको सहकार्यमा सातवटै प्रदेशका कुल ३३ शाखाबाट रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ । 

त्यसैगरी, सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलोपटक  क्रस बैंक टेलर क्युआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याइएको छ । ग्राहकले आफ्नो मोबाइल बैंकिङमार्फत अफलाइन माध्यमबाट नै पाँच हजार रुपैयाँसम्मको भुक्तानी ट्याप एन्ड पेमार्फत सहजै गर्न सक्नेछन् । बैंकका अनुसार नेपालमै पहिलोपटक क्रस बैंक टेलर क्युआर प्रणालीको सुरुवातसमेत गरिएको छ । यसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङमार्फत स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

वार्षिकोत्सवकै सन्दर्भमा बैंकले नयाँ बचत खातासमेत सार्वजनिक गरेको छ । सिटिजन फ्रिलान्सर सेभिङ अकाउन्ट नाम दिइएको यो खाता विशेष गरी फ्रिलान्सरको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको बैंकको भनाइ छ ।