
सम्पदा लघुवित्तको आठौँ वार्षिक साधारणसभाबाट संस्थापक सञ्चालक चयन भएका छन् । शनिबार तनहुँमा सम्पन्न भएको सभाबाट संस्थापक सञ्चालकमा अर्जुनकुमार सिं, हरिप्रसाद डुम्रे, जीवमूर्ति पन्त र प्रदीप सिग्देल शर्मा निर्वाचित भएका हुन् ।
यस्तै, सर्वसाधारणका तर्फबाट भेषराज रोकाया र विनोद तमाङ चयन भएको लघुवित्तले जनाएको छ । त्यस्तै, सभाले अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरेको छ ।
साथै, सभाले संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पास गर्नुका साथै चालू आवका लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरेको छ । हाल लघुवित्तको चुक्ता पुँजी ७० करोड आठ लाख ५८ हजार रुपैयाँ छ ।