१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:३८:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३८:oo

सरकारबारे कांग्रेस किन असन्तुष्ट छ ?
अहिलेको असन्तुष्टि ठ्याक्कै यसै कारण उठेको हो भन्न त सकिन्न । तर, संसद्को सबैभन्दा ठुलो दल कांग्रेसको ओज र शक्तिलाई कम आँकिएको हो कि भन्ने महसुस भइरहेको छ । कांग्रेस प्रधानमन्त्रीको पार्टीको छायामा परेको हो कि भन्ने आशंका उत्पन्न भइरहेको अवस्था छ । दुई ठुला पार्टी एकसाथ सरकारमा भए पनि दुवैको कार्यशैली एउटै छैन । कांग्रेस आफ्नो अलग्गै घोषणापत्र लिएर जनतामाझ गएको हो । उसको घोषणापत्रलाई पनि सम्मानपूर्वक हेरेर कार्यान्वयनको बाटो बनाउनुपर्ने हो । त्यसलाई पनि महŒव दिइएन कि भन्ने परेको छ । साथै, यो सरकार गठनको औचित्य पुष्टि गर्न सातबुँदे सहमति गरिएको थियो । तर, सरकार सञ्चालन गर्दैगर्दा सातबुँदे पनि अघि बढ्न सकेन । कांग्रेसको ‘स्टे«न्थ’लाई ध्यान दिइएन । संयन्त्रमा रहनुभएका हाम्रा साथीहरूले पनि प्रभावकारिता देखाउन सक्नुभएन । त्यसैले, यो सरकारप्रति कांग्रेस असन्तुष्ट देखिएको हो । 

असन्तुष्टिमार्फत सरकार परिवर्तनसमेत हुन सक्छ है भन्न खोजिएको त होइन ?
जनताकै पार्टी हो कांग्रेस । सरकार जनताको भावनाविपरीत गयो भने त्यतिखेर यसको विकल्प खोजिनु अस्वाभाविक हुँदैन । आमजनता सरकारको कार्यशैलीबाट निराश भएको अवस्थामा सरकारमा गएका आफ्ना सदस्यमार्फत यस्तो गर भन्नु पनि अनौठो होइन । 

कांग्रेस पदाधिकारी बैठकले सरकारको कार्यशैली सच्याएर काम गर्नुपर्ने भनेको छ । कसरी सच्चिएला त कार्यशैली ?
कांग्रेसको विधानले पदाधिकारी चिन्दैन भने देशको संविधानले उच्चस्तरीय राजनीतिक संयन्त्र चिन्दैन । तैपनि, दुवै अस्तित्वमा छन् । कांग्रेसले १७ वैशाखका लागि केन्द्रीय समिति आह्वान गरिसकेको छ । त्यही बैठकमा यस विषयमा पदाधिकारीसित प्रश्न गर्नेछौँ ।