१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गभर्नर नियुक्तिमा ठुलो आर्थिक चलखेल हुँदै छ : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ठुलो आर्थिक चलखेल भइरहेको दाबी गरेका छन्।

पार्टीसम्बद्ध रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार चन्द्रागिरिमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको आरोप लगाए।

यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरूकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो। ‘नियामकीय भूमिकामा रहनुपर्ने राष्ट्र बैंकको गभर्नरजस्तो पदमा नियुक्तिका लागि अर्बौँको आर्थिक डिल भएको समाचार सञ्चारमाध्यमहरूमा आइरहेका छन्,’ पुनले भने, ‘हामी सरकारलाई चेतावनीका साथ भन्न चाहन्छौँ स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंक जिम्मा लगाउने काम नहोस्।’

पुनले पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी प्राप्त गर्नेले पनि आफू सधैँ पदमा रहिरहने नसोच्न चेतावनी दिए। ‘स्वार्थ समूहको प्रतिनिधि भएर राज्यका नियामकीय भूमिकामा नियुक्ति पाउनेहरूले सोचे हुन्छ, को कसरी नियुक्त भएको छ भन्ने सबैले हेरिरहेको छ। हामीले पनि हेरेका छौँ।’

राज्यका निकायहरूमार्फत अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान कांग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको उनको पुनको छ। उनले कांग्रेस–एमाले सरकार पूर्ण रूपमा असफल भएको पनि टिप्पणी गरे। दुईतिहाइको सरकार विकास निर्माण, सुशासन र जनअपेक्षामा पूर्णतः चुकेको भन्दै पुनले सोही कारण जनतामा चरम निराशा र आक्रोश बढेको उल्लेख गरे। कांग्रेस–एमालेको कुशासन र अक्षमताका कारण जनतामा बढेको निराशालाई राजावादीहरूले आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको उनको भनाइ छ। 

‘हामीले १० वर्षसम्म लडेर गणतन्त्र र लोकतन्त्र ल्यायौँ। हामीले रैतीबाट जनता बनाएका केही मानिसहरू हामी जनता हुन चाहन्नौँ, रैती भएर बाँच्न चाहन्छौँ भन्दै हिँडेका छन्,’ पुनले भने, ‘सार्वभौम भइसकेका नेपाली जनता अब कसैका रैती हुन चाहँदैनन्।’