१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १५:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री राणाद्वारा तातोपानी धारामा निर्मित स्नानगृहको उद्घाटन

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १५:२९:oo

परराष्ट्रमन्त्री आरजु राणा देउवाले चीनसँग सिमाना जोडिएको भोटेकोशी गाउँपालिका– २ मा रहेको तातोपानी धारामा निर्मित स्नानगृह भवनको उद्घाटन गरेकी छिन्।

नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाले आफ्नै लगानीमा स्नानगृह तयार पारेको हो। ६ करोड लागतमा दुई पक्की भवन निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए। बगैँचा, स्विमिङपुल र अन्य संरचना बन्न बाँकी रहेको उनले जानकारी दिए।

तातोपानीमा बाहिर देखिने गरी पुरानो सातवटा धारा छन्। हाल बनेका नयाँ भवनमा ४७ वटा बाथटव निर्माण गरिएको छ। कात्तिकदेखि चैतसम्म सिजनमा दैनिक एक हजारसम्म पर्यटकले तातोपानी धारामा स्नान गरेर सीमानाका भ्रमण गर्छन्। अफसिजनमा पनि दैनिक सय पर्यटक तातोपानी पुग्छन्।

तातोपानी धारा व्यवस्थित भएपछि पर्यटक र भक्तजनलाई स्नान गर्न सहज हुने बताउँदै नेपाली कांग्रेस सिन्धुपाल्चोक कार्यसमितिका उपसभापतिसमेत रहेका स्थानीय दोर्जे लामाले भने, ‘पहिला तातोपानी धारा उपभोक्ता समितिले चलाएको थियो। अहिले स्थानीय सरकारले सञ्चालन गरेर आम्दानी बढाएको छ।’

प्राकृतिक रूपमै तातोपानीको मूल भएको सो स्थानमा परापूर्वकालदेखि नै आन्तरिक तथा बाह्य पर्यटक स्नानका लागि तातोपानी धारा आउँछन्। तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी बिमार सञ्चो हुने विश्वास गरिन्छ। यहाँ चीन र भारतका पर्यटक आउँछन्।

परराष्ट्रमन्त्री राणा हेलिकोप्टरमा तातोपानी उत्रेकी थिइन्। लगत्तै उनले नेपाल–चीन सीमा क्षेत्रको निरीक्षणसमेत गरिन्। उनलाई खासास्थित चिनियाँ अधिकारीले तातोपानी धारामा आएर स्वागत गरेका थिए।