१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format ११:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थ्रेसरमा गहुँ झारेर फर्किने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२५:oo

सिराहाको कल्याणपुर नगरपालिका– ६ भोक्राहा गाउँमा थ्रेसरमा गहुँ झारेर घर फर्किने क्रममा चट्याङ लागेर बिहीबार साँझ एक व्यक्तिको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा करिब ४५ वर्षीय बेचन रोहिता रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

कल्याणपुर नगरपालिकामा कार्यालय सहयोगीको कामसमेत  गर्दै आएका उनी कार्यालय बन्द भएपछि घर फर्किएर श्रीमतीलाई लिएर आफ्नो बारीमा थ्रेसरमा गहुँ झार्न गएका थिए । थ्रेसरमा गहुँ झारेर घर फर्किने क्रममा पानी पर्न थालेपछि बाली रुँग्न बनाएको परोलको छाप्रोमा ओत लाग्न बसेका थिए । 

पानी केही कम भएपछि श्रीमतीलाई त्यहीँ छोडेर बाहिर राखिएको साइकल लिन जाने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव बिहीबार राति नै पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ ।