१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका मकवानपुर
Invalid date format १o:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुन: सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुन: सञ्चालनमा आएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि सिमेन्ट उत्पादनका लागि चुनढुंगा तयार पार्न सुरु भएको हाे ।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार एक–दुई दिनपछि सिमेन्ट उत्पादन थालिनेछ । अब दैनिक रूपमा ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । वि.सं. २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए।

नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुःखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे । रासस