
सिकार खेल्न गएका एकजनाको गोली लागेर मृत्यु भएको छ । बडिकेदार गाउँपालिका– २ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो । खड्यौलीस्थित प्रहरी चौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडिकेदार गाउँपालिका– १ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडिकेदार गाउँपालिका– १ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो । निजको घटनास्थलमै मृत्यु भएको हो ।
अनुसन्धानको सिलसिलामा बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको छ ।