मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 12 July, 2025
२o८२ बैशाख ५ शुक्रबार o९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार o९:o१:oo

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ ।

व्यास नगरपालिका– २ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालू आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्ने गरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो । दुर्गा मन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।

पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ ।

पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ ।