१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
रासस टोकियो
Invalid date format १७:२o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

Read Time : < 1 मिनेट
रासस, टोकियो
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्यांकले देखाएको छ।

मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ। गत वर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो। सन् १९७९ मा पहिलोपटक तुलनात्मक तथ्यांक संकलन गरिएयताको उच्चतमस्तरमा रहेको छ।

संयुक्त राज्य अमेरिकाको व्यक्तिगत कम्प्युटर र चीनबाट आएको स्मार्टफोनका कारण आयातको मूल्य एक वर्षअघिको तुलनामा ४.७ प्रतिशतले वृद्धि भई ११४.१६ ट्रिलियन येन पुगेको अर्थ मन्त्रालयले प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ।

जापानले चीनसँग ७.०५ ट्रिलियन येनको व्यापार घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.७ प्रतिशतले बढी हो। जापानको चीनतर्फ निर्यात ३.४ प्रतिशतले वृद्धि भई १८.८९ ट्रिलियन येन पुगेको छ भने आयात ७.१ प्रतिशतले बढेर २५.९४ ट्रिलियन येन पुगेको छ।

संयुक्त राज्य अमेरिकासँग जापानको व्यापार अधिशेष १.३ प्रतिशतले घटेर ९.०१ ट्रिलियन येनमा झरेको छ। यो अघिल्लो वर्षको तुलनामा निर्यात ३.८ प्रतिशतले वृद्धि भई २१.६५ ट्रिलियन येन पुगेको छ। यसबाट आयात पनि ७.७ प्रतिशतले बढेर १२.६४ ट्रिलियन येन पुगेको छ।

युरोपेली संघसँगको व्यापारमा जापान लगातार १३औँ वर्ष घाटामा रह्यो। गत वर्ष जापानको इयूसँगको घाटा २.५३ ट्रिलियन येन रहेको बताइएको छ।