१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध राप्ती राजमार्ग पुनः सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध राप्ती राजमार्ग पुनः सञ्चालनमा आएको छ। राप्ती राजमार्गअन्तर्गत दाङ–कपुरकोट खण्डको कपुरकोट गाउँपालिका– ३ चोरखोलानजिकै बिहीबार दिउँसो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडकमाथिबाट आएको पहिरोलाई मेसिनको सहायताले हटाएपछि झन्डै दुई घण्टा अवरुद्ध बनेको राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए। घण्टौंँ बिचबाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका उनको भनाइ छ।

सडक स्तरवृद्धिको काम भइरहेकाले सानो पानी पर्दा पनि पहिरो खस्ने समस्या देखिएको प्रहरीको भनाइ छ। कर्णाली प्रदेशको प्रवेशद्वारका रूपमा रहेको राप्ती राजमार्ग भएर सल्यान, रुकुम पश्चिम, रुकुमपूर्व र रोल्पाका सवारीसाधन आवतजावत गर्ने गर्छन्।