
सुनको मूल्य तोलाको रु. एक लाख ९० हजार ६ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलाको एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु. पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।