१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकैबाली प्रवर्द्धनका लागि बिउसहित ट्याक्टर वितरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहलाई हाते ट्याक्टर विवरण गरेको छ। गाउँपालिकाले तय गरेको मकैबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत चार थान हाते ट्याक्टर र ३० किलो मकैको बिउ विवरण गरेको हो।

बिहीबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्लले संयुक्त रूपमा किसानलाई ट्याक्टर प्रदान गरेका हुन्। कैलाश– ३ को अम्बाटार कृषक समूहले चार थान ट्याक्टर, ३० किलो मकैको बिउ  र दुई थान विद्युतीय घट्ट मिल प्राप्त गरेको समूहका अध्यक्ष विश्वविक्रम मल्लले बताए। 

चार लाख बजेटमा कृषि तथा पशु विकास शाखाले दुई लाख बजेट विनियोजन गरेको र दुई लाख रकम कृषकको परेको  कृषि शाखाले जनाएको छ। चारवटै ट्याक्टर मिनिटिलर सात एचपी डिजल इन्जिन रहेको छ भने विद्युतीय घट्ट मिल रहेको कृषि तथा पशु विकास शाखाका प्राविधिक सन्दीप कुसवाहले जानकारी दिए। 

हस्तान्तरण कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सूर्यबहादुर रुम्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमूल श्रेष्ठ, कृषि तथा पशु विकास शाखाका प्राविधिक र कृषकहरूको उपस्थिति रहेको थियो ।