१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जको जनजीवन सामान्य हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२२:oo

वीरगन्ज महानगर क्षेत्रमा हनुमानजयन्तीको शोभायात्राको क्रममा दुई समुदायबिचको विवादले गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ । वीरगन्जमा सामाजिक र सम्प्रदायिक सदभाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो । 

बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्चपदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगन्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक संघसंस्था, वीरगन्ज उद्योग वाणिज्य संघलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगन्जमा सामाजिक सदभाव कायम गर्न अनुरोध भएको थियो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सदभावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्तिसुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् । 

वीरगन्जलाई गत चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उनले गत सोमबारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिए।