१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format o९:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिस्का : सगुन जात्रा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२६:oo

बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाइएको छ । आज बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकुपटासी र दौरासुरुवालमा सजिएर सहभागी भएका थिए । देवीदेवतालाई सगुनसहित पूजा गर्न आ–आफ्ना द्योः छें (देवघर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो ।  

यो पूजा प्राचीनकालदेखि नै हुँदै आएको हो । बिस्का जात्रामा बिघ्नबाधा वा केही भूलचूक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई सगुन जात्राका रूपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकार ओम धौभडेलले बताए ।