१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रधानमन्त्री र कांग्रेस सभापतिबिच गभर्नर नियुक्तिका विषयमा सहमति भइसकेकाे छ : सञ्चारमन्त्री गुरुङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४९:oo
  • गभर्नर नियुक्ति गर्न बिचौलिया हाबी भए र एक अर्ब सात करोड खर्च भए भन्ने समाचार आइरहेको छ । यस्तो सूचनाको स्रोत दिए कारबाही गर्न गृहमन्त्रीज्यूलाई भन्नुहुन्थ्यो । कुनै तथ्यप्रमाण नभएको विषयमा नलेखेको राम्रो हुन्छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच गभर्नर नियुक्तिका विषयमा सहमति भइसकेको बताएका छन् । प्रधानमन्त्री र कांग्रेस सभापतिबिच गभर्नरका विषयमा सहमति भइसकेकाले चाँडै नियुक्ति प्रक्रिया अघि बढ्नेसमेत उनले दाबी गरेका छन् ।

बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच गभर्नर नियुक्तिका विषयमा मंगलबार सहमति भएको बताएका हुन् । उनले महत्त्वपूर्ण नियुक्तिमा राजनीतिक दलहरूले चासो राख्ने विषयलाई स्वाभाविक रूपमा लिनुपर्ने तर्कसमेत गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले के भने ?

गभर्नर नियुक्ति ढिलो भएकै छ । हामी चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति गर्नेछौँ । यो एउटै दलको सरकार होइन । मिलिजुली सरकार हो । कांग्रेस र एमाले मात्रै होइन, अरू पार्टी पनि छन् । नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनुपर्नेछ । लयमा आउन थालेको अर्थतन्त्रलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता छ ।

गभर्नरजस्तो पदमा दलहरूले आ–आफ्नो चासो राख्नु स्वाभाविक पनि हो । अस्वाभाविक होइन । हिजो (मंगलबार) मात्रै हो, दुई पार्टी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पनि वार्ता भएर चाँडोभन्दा चाँडो समस्याको समाधान गर्ने सहमति भएको छ । 

गभर्नर नियुक्ति गर्न बिचौलिया हाबी भए र एक अर्ब सात करोड खर्च भए भन्ने समाचार आइरहेको छ । यस्तो सूचनाको स्रोत दिए कारबाही गर्न गृहमन्त्रीज्यूलाई भन्नुहुन्थ्यो । कुनै तथ्यप्रमाण नभएको विषयमा नलेखेको राम्रो हुन्छ । 

राष्ट्र बैंक निमित्तको भरमा छाडेका छैनौँ । कार्यवाहक गभर्नर नै तोकेका छौँ । उहाँलाई सबै अधिकार हुन्छ । स्थायित्वको मात्रै विषय हो । उच्चस्तरीय संयन्त्रको बैठक बुधबार बसेको छ । त्यहाँ पनि गभर्नर नियुक्तिबारे छलफल चलेको छ ।