१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा फरार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o९:oo

पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराज झाविरुद्ध जबर्जस्ती करणी(बलात्कार) मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएकोमा अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो। अहिराज फरार भइसकेका छन्। 

एक २५ वर्षीया किशोरीलाई सात वर्षदेखि यौन शोषण र बलात्कार गर्दै आएको जाहेरी परेको छ। सहयोगको आवरणमा आफूलाई यौन शोषण गरेको भनेर पीडितले जाहेरी दिएकी छिन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले सो घटनामा अनुसन्धान भइरहेको बताए। 

डा. अहिराजलाई २०७७ सालमा केपी शर्मा ओलीले मधेश प्रदेशको प्रमुख बनाएका थिए। पछि सरकार परिवर्तन भएसँगै उनलाई हटाइएको थियो। 

उनी तत्कालीन उपराष्ट्रपति परमानन्द झाको स्वकीय सचिव भएका थिए। त्यसवेला पनि उनी राज्यविरुद्धको अपराध मुद्दामा पक्राउ परेका थिए। आफ्नो पत्रिकामा तराईको सशस्त्र समूहको सैन्य भर्नाकाे विज्ञापन निकालेको कसुरमा त्यसवेला पक्राउ परेका थिए।